Logo
१३ असोज २०८३, मंगलबार

प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन

अक्षरपाटी
२०७९ माघ ५ , बिहीबार ०९:०१ मा प्रकाशित

काठमाडौं ५ माघ। प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ ।

अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

सभामुखका लागि एमालेले देवराज घिमिरे र नेपाली कांग्रेसले इश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ।

सभामुखमा दुई दशकपछि बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो। ०५१ सालपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ।

घिमिरे झापा २ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन्। सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ। दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।

सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ। एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ।

कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ।