Logo
१५ असार २०८३, सोमबार

दुई खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ

अक्षरपाटी
२०७९ माघ ९ , सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौं। नेपालमा भएको टी–२० लिगका क्रममा ‘म्याच फिक्सिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन्।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याइएको सिआइबी स्रोतले जनाएको छ।

गएको पुसमा काठमाडौँमा भएको लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो।

सिआइबीले छानबिन समिति नै बनाएर अनुसन्धान गरेको थियो। अनुसन्धान सकिएकाले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी सिआइबीको छ।

म्याचफिक्सिङ्ग

ट्रेन्डिङ ( साप्ताहिक )