Logo
३१ भदौ २०८२, मंगलबार

पश्चिम नेपालबाट मौसमी प्रणाली भित्रियो, कर्णालीका हिमाली जिल्लामा हिउँ पर्न थाल्यो

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०९:०१ मा प्रकाशित

काठमाडौं, १० माघ। पश्चिम नेपालकाट मौसमी प्रणाली भित्रिएसँगै पश्चिमी न्यून चापीय प्रभाव नेपालमा पर्न सुरु भएको छ।

मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ।

यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति र बुधबार पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने भनिए पनि जुम्लामा राति ३ बजेदेखि हिउँ पर्न सुरु भएको छ। हिउँ पर्न थालेपछि चिसो अत्याधिक बढेको र जनजीवन कष्टकर बनेको छ। कर्णालीका अन्य हिमाली जिल्लामा पनि हिमपात भइरहेको बताइएको छ।

बिहीबार भने मौसम आंशिकदेखि समान्य बदली भए पनि वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। यसपटक हिउँद जानै लाग्दा पनि नेपालमा पानी पर्न भने सकेको छैन।

मौसम