Logo
३१ असार २०८२, मंगलबार

बाजुरामा गएको भूकम्पमा परेर एक महिलाको मृत्यु

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०६:०१ मा प्रकाशित

धनगढी १० माघ। बाजुरामा आज दिउँसो २ः४३ बजे गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गौमुल गाउँपालिका २ को जुरेली जंगलमा घाँस काट्न गएको बेला भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए।

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर आधा दर्जन भौतिक संरचना भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्न मोबाइल नेटवर्कमा देखिएको समस्याका कारण थप जटिल बनेको छ।