Logo
२७ वैशाख २०८३, आईतबार

यस वर्षको एसइई परीक्षा चैत १७ गतेदेखि

अक्षरपाटी
२०७९ माघ १४ , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं १४ माघ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेका लागि निर्धारण गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।

तालिका अनुसार आगामी चैत १७ गते पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ।

सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ।