Logo
२८ वैशाख २०८२, आईतबार

भारतमा नयाँ बजेट प्रस्तुत, वार्षिक ११ लाख कमाउनेलाई कर नलाग्ने

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार ०३:०२ मा प्रकाशित

एजेन्सी। भारतमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिएको छ।

वित्त मन्त्री निर्मला सीतारमणले आज नयाँ बजेट प्रस्तुत गरेकी हुन्। उनले नयाँ इनकम टेक्स बजेटमार्फत प्रस्तुत गरेकी छन्। त्यसमा सबैभन्दा बढी मध्यमवर्गीय परिवारलाई ध्यान दिइएको भारतीय मिडियाहरुले लेखेका छन्। अब भारतीय जनताहरुले ७ लाख भारतीय रुपैयाँ कमाउँदा कुनै कर तिर्नुपर्ने छैन।

नेरेन्द्र मोदी नेतृत्वमा दोस्रोपटक बनेको सरकारको यो अन्तिम बजेट हो। मोदी सरकारले करको दायरालाई विशेष प्राथमिकता दिएको छ।
त्यस्तै आर्थिक वृति दर ७ प्रतिशत पुर्याउने लक्ष राखिएको छ।

भारत सरकारले आगामी आर्थिक वर्षका लागि साढे १० लाख करोड पुँजीगत बजेट विनियोजन गरेको छ।