काठमाडौं १८ माघ। सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले ध्यानाकषर्ण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले भोगाधिकार रोकिनुको कारणबारे प्रश्न गर्दै सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन नसकेको बताए।
सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको बनाउँदै उनले यसको सञ्चालनका लागि ठोस् पहल नभएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए।
संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गर्नु भएको धारणा राख्दै सांसद बलायरले व्यवसायी पीडित हुने, बैंक नाफामा जाने अवस्थाको अन्त्य हुनुपर्ने बताए। कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका बलायरले थारुका समस्या समाधान हुनुपर्नेलगायत विषयमा बोलेका थिए।
बलायर