Logo
९ वैशाख २०८२, मंगलबार

हर्क साम्पाङको प्रश्न : ढुंगा बोकेर देश नबने के ऋण बोकेर बन्छ ?

अक्षरपाटी
२०७९ माघ १९ , बिहीबार ०८:०२ मा प्रकाशित

काठमाडौं, १९ माघ। धरानका मेयर हर्क साप्पाङ निर्वाचिन भएदेखि नै आफै श्रमदानमा सक्रिय भएर चर्चामा छन्।

उनी कहिले बिरुवा रोप्न खोला किनारतिर देखिन्छन्। कहिले सडक सफा गर्न कुचो लिएर सडकमा निस्कन्छन्।

धरानबासीको पुरानै समस्या पानीको अभाव टार्न उनी कहिले पाइप बोकिरहेका हुन्छन् त कहिले कुलो खन्न बेल्चा र फरुवा काँधमा बोकेको अवस्थामा भेटिन्छन्।

उनको यो शैली र तरिकालाई लिएर कतिपयले सामाजिक सञ्जालमा आलोचना गर्ने गरेका छन्।

धेरै प्रसंसक र मतदाताले उनको कार्यशैली धरानबासीका लागि समर्पित भएको रुपमा लिए पनि केहीले भने मेयरले आफै खनेर, ढुंगा पल्टाएर, पाइप बोकेर के हुन्छ ? भन्दै प्रश्न गर्ने गरेका छन्।

त्यसलाई लिएर उनले प्रतिप्रश्न गरेका छन्, ‘ढुंगा बोकेर देश नबने के विदेशिको ऋण बोकेर देश बन्छ ?’

त्यति मात्र होइन उनले राजनीति शैलीप्रति व्यंग्य गर्दै भनेका छन्, ‘ढुंगा बोकेर देश बन्दैन भने के ढुंगा हानेर चाहीँ देश बन्छ त? कि ढुंगा बेचेर देश बन्छ ?’ भन्दै प्रश्न गरेका छन्।

उनले अन्तिममा लेखेका छन्,-श्रमदानमा आउनु नपरोस् भनेर बहाना बनाउँछ गोक्ते काजी..अल्छी मोरा…’

हर्क साप्पाङ