Logo
२० असार २०८२, शुक्रबार

अबुनको मायामा डुब्ने रहर

अक्षरपाटी
२०७९ माघ २४ , मंगलबार ११:०२ मा प्रकाशित

काठमाडौं। गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको ‘ए चरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक शैलीको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायिकाले अभिनय गरेकी छन्।

निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ।

अस्ट्रेलियामा बसेर सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाचन ठुली’, ‘यो केटा त’लगायत गीत सार्वजनिक भएका छन्।