Logo
१६ असार २०८३, मंगलबार

देउवाले प्रतिपक्ष दलको नेता पाउने नपाउने बारे आज सुनुवाइ

अक्षरपाटी
२०७९ माघ २५ , बुधबार १०:०२ मा प्रकाशित

काठमाडौं २५ माघ। नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष र शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले काँग्रेसलाई प्रतिपक्षी दल र देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै अधिवक्ता विमलप्रसाद पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

सोही रिटमाथि आज सुनुवाइ हुन लागेको हो। यसअघि सर्वोच्च अदालत रजिस्ट्रारले निवेदन दरपीठ गरे पनि न्यायाधीश सपना मल्ल प्रधानको आदेशमा बुधबार रिट दर्ता भएको थियो।

संसद सचिवालय भने प्रतिपक्षको सुविधा दिने नदिनेबारे अलमलमा छ।

ट्रेन्डिङ ( साप्ताहिक )