Logo
१५ भदौ २०८३, सोमबार

महाप्रबन्धक ठाकुर निलम्बित

अक्षरपाटी
२०७९ माघ २७ , शुक्रबार ०१:०२ मा प्रकाशित

काठमाडौं। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ। थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस लिएको पाएपछि मन्त्रीस्तरीय निर्णयअनुसार ठाकुरलाई निलम्बन गरिएको हो।

ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री फेला परेपछि जाँचबुझ गरिएको थियो। छानविनका क्रममा ठाकुरले घुस लिएको पाइएपछि निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताएका छन्।

‘जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गर्न मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयान प्राधिकारणका महानिर्देशकलाई लेखी पठाइएको छ । उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाइने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ शुक्रबार पर्यटन मन्त्रालयलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )