Logo
८ पुस २०८१, सोमबार

राष्ट्रपतिको सवारीमा डाक्टरमाथि ‘डन्डा’

अक्षरपाटी
२०७९ माघ २७ , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौं २७ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले एक चिकित्सकमाथि अभद्र व्यवहार गरेको छ।

बाटोमा हिँडिरहेका चिकित्सकलाई राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहमाथि लाठी चार्ज गरेको हो।

शुक्रकार दिउँसो राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर फर्कने क्रममा रोड राखि गरिएको समयमा बाटोमा हिँडेको भन्दै प्रहरीले सिंहमाथि लाठी चार्ज गरेको भन्दै चिकित्सकहरुले आपत्ति जनाएका छन्।

ट्रमा सेन्टरबाट टिचिङ हस्पिटल गइरहेका डाक्टरमाथि दुव्र्यवहार भएको भन्दै चिकित्सकहरुले विरोध गरेका छन्। घटनालाई लिएर प्रहरीले भने कुनै प्रतिक्रिया जनाएको छैन।