Logo
१४ भदौ २०८३, आईतबार

नेपालमा १३ हजारलाई डेंगु संक्रमण, स्थिति भयावह, सरोकारवाला निकाय उदासिन

अक्षरपाटी
२०७९ भदौ ३१ , शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौं। नेपालमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार नाघेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण भइसकेको छ।

डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौंमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन्।

यस्तै रुपन्देहीमा ६ सय ४१, भक्तपुरमा चार सय ८२, दाङमा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

डेङ्गुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना छन्। हालसम्म डेङ्गुको सङ्क्रमणबाट १३ जनाको निधन भइसकेको छ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ।

डेंगु संक्रमण महामारीका रुपमा फैलिए पनि महाशाखाले भने आक्रामक रुपमा जनचेतनामूलक कार्यक्रम संचाल नगरेको छैन। सरकार र स्थानीय सरकारले यसेको नियन्त्रण र न्यूनिकरणका लागि खासै गतिलो याजना ल्याउन सकेका छैनन्।

डेंगु संक्रमण

ट्रेन्डिङ ( साप्ताहिक )