Logo
१३ पुस २०८२, आईतबार

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउँदै

अक्षरपाटी
२०७९ असोज १ , शनिबार ०६:०९ मा प्रकाशित

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारेको प्रतिवेदन आज बुझाउने भएको छ।

समितिको हिँजोको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु सोधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरेको र प्रतिवेदन आज बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

संसद्को समयावधि आजै राति १२ बजे सकिने भएकाले समितिले आजै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो।

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमिल्ने र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरु जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र वयान लिएको हो।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

प्रतिवेदन महाअभियोग सिफारिस समिति