Logo
१६ असार २०८३, मंगलबार

प्रेम दिवस

अक्षरपाटी
२०७९ फागुन २ , मंगलबार ०८:०२ मा प्रकाशित

० लीला अनमोल

जुटाउनु छ आज
मैले पनि एउटा हिम्मत
र लगाउनुछ तिम्रो अघि प्रेमको बिस्कुन
बिर्सनु छ पारिवारिक उत्तरदायित्व र जिम्मेवारी हरु
र नतमस्तक भएर उभिनु छ तिम्रो अघि
बिसाएर बौदिकताको भारी
गर्नुछ अलिकती मनको कुरा
र भन्नुछ आज सुटुक्क तिमिलाइ
म भित्र प्रेमको रातो आरुफुल छ
जो तिमी भएर बर्सौ देखि मुस्कुराइरहेछ।।

बिसाउनुछ एउटा औडाहा
र पोखिएर मुटु
तिम्रो सामु छल्किनुछ आज अलिकती
पूरा पुरी बिर्सेर आफुलाइ
गर्नुछ मैले पनि मायाका कुरा
सम्बन्ध अनि आत्मियताका कुरा
संभावना अनि सङ्केतका कुरा
प्रतिबद्दता अनि समर्पण का कुरा
झिकेर छातिभित्रको एउटा सुनौलो रहर
फेसबुक का भिताहरु रङ्गाउनु छ मैले पनि

” म तिमिलाइ प्रेम गर्छु ” लेखेर
पानाका पातहरुमा
जिवनको रङ्गिन प्रस्तुती देखाउनु छ
भेट्नुछ आज मैले पनि
एउटा कुनै समय एकान्तमा तिमी लाई
छरेर गुलाब को रातो उत्ताउलो
तिम्तो मुटु भरी बर्साउनुछ

प्रेमको झरी हेर्नुछ निस्फिक्री

आज एकोहोरो गहिरिएर तिम्रा आखाहरु
र देख्नुछ एउटा मिठो सपना

हो पृये
आजको यो प्रेमिल दिन
तिमिलाइ मेरो एउटा प्रस्ताब
कयौ रातहरु तिम्रो नाममा अनिदो छु म
मलाइ तिम्रो एक काख निदाउन देउ …

ट्रेन्डिङ ( साप्ताहिक )