Logo
२९ पुस २०८१, सोमबार

तिमीलाई थाहै नहोस् !

अक्षरपाटी
२०७९ फागुन २ , मंगलबार ११:०२ मा प्रकाशित

O जितु साउद

रुन त मलाई

रुन मन छ
आँसु रित्तिने गरि!
तिम्रो काख्मै बसेर!!
रुन मन नभएको कहाँ होर!
तर… म चाहन्छु!
मेरा आँसुले…
तिमीलाई न रुझाओस!
जति रुनु छ….
म एक्लै रुन चाहन्छु!
यो बन्द…कोठा भित्र,
म रोएको…
तिमीलाई थाहै नहोस!

सम्बन्ध के छ खै?
तिम्रो यो दिलसँग!
निदाउन खोज्दा,
जोडिदैन्न आँखाका परेलिहरु!
तर.. म चाहन्छु!
मेरो मायाको मनसुनले
तिमीलाई न छोओस!
जति माया गर्नुछ…
म एक्लै गरुँ!
मैले माया गरेको…
तिमीलाई थाहै नहोस!

म हावा हुँ!
हावा जस्तै वहन चाहन्छु!
म घाम हुँ!
घाम जस्तै उदाउँन चाहन्छु!
निश्चल पानी जस्तै,
गुनगुनाउँदै बग्न चाहन्छु।
तिम्रो आवश्यकता अनुसार!
तर.. म चाहन्छु!
तिमीलाई स्पर्श गर्दै,
सधै तिम्रो वरिपरि घुमेको,
तिमीलाई पत्तै नहोस्!!

तिम्रो मन जलेको बेला,
म निभाउन सकु!
बरु मै जलौँला!
तिम्रो आँसु मोति बनी,
तिम्रो आँखैमा जमोस!
बरु मै रोउँला!
तर… म चाहन्छु!
मेरा दुख, पीडा
तिमीलाई थाहै नहोस!!