Logo
२८ असोज २०८२, मंगलबार

रचना र केदारको ‘गाजलु’मा वर्षा र रोशनको छमछमी

अक्षरपाटी
२०७९ फागुन ६ , शनिबार ०५:०२ मा प्रकाशित

काठमाडौं ६ फागुन। गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वरमा ‘गाजलु’ बोलको म्युजिक भिडियो रिलिज गरिएको छ।

गाजलुमा गायक केदारकै शब्द तथा संगीत छ। श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय छ।

भिडियोमा रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ‘गाजलु’ आफूले निकै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन्।

यसअघि गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फीलगायतका गीत बजारमा ल्याइसकेका छन्।

निर्देशक भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद मर्हजनले गरेका हुन्।