Logo
२० असार २०८२, शुक्रबार

नक्खुमा मुनाज ब्यूटीपार्लर संचालन

अक्षरपाटी
२०७९ फागुन ८ , सोमबार ०७:०२ मा प्रकाशित

काठमाडौं । सौन्दर्यकर्मी मुना लिम्बुले ललितपुरको नक्खु चोकमा मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी छन्।

पार्लरको उद्घाटन वरिष्ट सौन्दर्यविद रेनु राना मगरले गरेकी हुन्। सो अवसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको उपस्थिति थियो।

युवा ब्यवसायी सौन्दर्यकर्मी मुना लिम्बुद्वारा सञ्चालित मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टर सो क्षेत्रकै अत्याधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो।

६ वर्षदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाई आफ्नै देशमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको संचालक राना मगरले बताइन्।

पार्लरमा अनुभबी दक्ष सौन्दर्यकर्मी मार्फत महिलालाई सौन्दर्य सेवा सुबिधा प्रदान गरिनेछ भने सौन्दर्य सामग्री समेत बिक्ररी गरिेने छ। सेन्टरमा ब्युटिसियन बन्न चाहने, सीप सिक्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यबस्था गरिएको कुरा मुना बताउछिन।