Logo
१ जेठ २०८२, बुधबार

प्रजातन्त्र दिवसका अवसरमा नेविसंघको झण्डा फहराउने तथा सरसफाइ अभियान

अक्षरपाटी
२०७९ फागुन ८ , सोमबार ०९:०२ मा प्रकाशित

काठमाडौं ८ फागुन। ७३‌ औं प्रजातन्त्र दिवसका अवसरमा नेविसंघको सप्ताहव्यापी अभियान अन्तर्गत पहिलो दिन चारसयभन्दा बढी क्याम्पसमा राष्ट्रिय फहराइएको छ।

प्रजातन्त्र दिवसका अवसरमा नेविसंघले सप्ताहव्यापी रुपमा देशभरका सरकारी विद्यालय, विश्व विद्यालय, क्याम्पसहरुमा राष्ट्रिय झन्डा राख्ने, वृक्षारोपण र सरसफाई कार्यक्रमको सुरुवात गरेको छ।

नेविसंघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार आइतबार देशभरका झन्डै चार सय बढी क्याम्पसहरुमा राष्ट्रिय झण्डा राख्ने र सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो।

विभिन्न प्रदेश कमिटि, जिल्ला समिति र क्याम्पस ईकाइहरुको आयोजनामा सुरु भएको अभियानमा देशभरका विद्यार्थीले उल्लासमय सहभागीता जनाएका थिए।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकतालाई मुख्य आर्दश मान्दै देशमा भएका विभिन्न परिवर्तनगमी आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतन्त्रको संस्थागत विकास, विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा उन्नयनका साथै समायनुकूल विकास र परिवर्तनको निमित्त गर्दै आएका गतिविधिलाई बढावा दिन र सबै विद्यार्थीलाई गोलबद्व गर्न अभियानको थालनी गरिएको हो।

नेपाल र नेपाली जनाताको लागि एतिहासिक महत्व बोकेको दिनको अवसर पारेर सुरु गरिएको अभियानमा विभन्न अन्तरक्रिया कार्यक्रम, विचार गोष्ठी लगायत वक्तित्वकला तथा वादविवादका कार्यक्रम, वृक्षारोपण र सरसफाई सँगै क्याम्पस तथा विद्यालयमा नयाँ झन्डा राख्ने अभियान सुरु गरिएको उनले बताए।

विद्यार्थीबीच समाजिक खलल नपु¥याउन र राष्ट्रिय अखण्डता कायम गराउन भव्य र सभ्य तरिकाले यस अभियानको सुरुवात भएको जनाउँदै उनले विभिन्न जिल्लामा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको बताए।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर स्थापना भएको नेविसंघले विद्यार्थीका वर्गीय मुद्दाहरुको उठान र समाधान गर्दै लोकतन्त्रको बिकास, बिस्तार र जगेर्ना गर्दै विद्यार्थीका वर्गीय मुद्दा स्थापित गर्न अनवरतरुपमा कृयाशिल रहँदै आएको उनको भनाइ छ।

नेविसंघ