Logo
१६ असार २०८३, मंगलबार

आईसीसी क्रिकेट विश्वकपः नेपाल अपराजित रहँदै बन्यो च्याम्पियन

अक्षरपाटी
२०७९ फागुन ९ , मंगलबार ०५:०२ मा प्रकाशित

काठमाडौं ९ फागुन। आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटको रोमाञ्चक जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौति नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडे। करण केसीले ३१ रन जोडेका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकुलेनले ३१, काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए।

ट्रेन्डिङ ( साप्ताहिक )