Logo
१० पुस २०८२, बिहीबार

देव खनाललाई यू १९ को कप्तानी

अक्षरपाटी
२०७९ फागुन १० , बुधबार १२:०२ मा प्रकाशित

काठमाडौं १० फागुन । यूएईमा आयोजना हुने आईसीसी यू १९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताको कप्तानी देव खनालले सम्हाल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति निकाल्दै खनाललाई कप्तान नियुक्त गरेको जनाएको छ।

यसअघि क्यानले नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी गुलशन झालाई दिएको थियो।

तर, गुलशन विश्व क्रिकेट लिग टू अन्तर्गत युएईमा हुने सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तानी दिइएको हो।

यू १९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ। नेपाली टोली बुधबार त्यसतर्फ जानेछन्। यस प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ।

नेपालको पहिलो खेल फागुन १२ मा सिंगापुरविरुद्ध रहेको छ।