काठमाडौं १२ फागुन। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन।
लामिछानेको विदेश जान नपाउने उच्च अदालत पाटनको आदेशलाई सर्वोच्च अदालतले यथावत् राखेको छ।
लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आईतबार पेशी तोक्न आदेश दिएको हो।
लामिछानले विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनि बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। सोमबारबाट सुरु हुने नेपालको आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई दुई खेल खेल्दैछ।
त्यसका लागि नेपाली टोली शनिबार दुबई जाने भएको छ। नेपालले यसैसाता स्कटल्यान्ड र नामिबियासँग लिग २ मा सबै चार खेल जितेको थियो । लामिछानले नेपालबाट सर्वाधिक १३ विकेट लिएका थिए।
बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेशसँगै उच्च अदालतले काठमाडौं बाहिर जान रोक लगाएको छ।