काठमाडौं १२ फागुन। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई अघि सार्नेमा आठ दल सहमत भएका छन्।
सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले सो सहमति गरेको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समावादी, जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाका
शीर्ष नेताको बैठकले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेका हुन्।
उम्मेदवारको नाम भने टुंग्याउन बाँकी छ।