काठमाडौं १३ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडेको छ।
सरकारका नेतृत्वकर्ता पुष्पकमल दाहालले पुस १० को गठबन्धन भत्काएर अस्थिर चरित्र प्रदर्शन गरेको भन्दै राप्रपाले सरकार छोड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।
शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो।