Logo
१८ वैशाख २०८१, मंगलबार

गणतन्त्र स्वीकार नगर्नेसँगको सहकार्य तीतो भयो र नयाँ गठबन्धन बनाएँ : दाहाल

अक्षरपाटी
२०७९ फागुन १३ , शनिबार ०८:०२ मा प्रकाशित

काठमाडौं १३ फागुन। पुस १० गते नेकपा एमालेसँग मिलेर गठबन्धन बनाउँदै प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले दुई महिनाको अनुभव निकै तितो भएको बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्न नसक्नेसँगको सहकार्य तीतो भएको बताए। ‘त्यसैले दुई महिनामै नयाँ गठबन्धन बनाएँ’, उनले भने।

आज महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा आयोजना गरिएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह धेरै हौसिन थालेपछि आफूलाई राप्रपासहितको गठबन्धन संविधान र राष्ट्रको हितमा नरहेको लागेको बताए।

दाहालले बेलाबेलामा उतारचढाव भए पनि फेरि कांग्रेससँग मिल्दा आफू निकै खुशी भएको बताए। शुक्रबार ८ दलीय गठबन्धन हुनु राष्ट्रिय सहमति हुनु बराबर भएको पनि उनले बताए।

पुष्पकमल दाहाल