Logo
१६ असार २०८३, मंगलबार

ओलीले दाहाललाई दिए बिरालोको संज्ञा

अक्षरपाटी
२०७९ फागुन १४ , आईतबार ०४:०२ मा प्रकाशित

काठमाडौं १४ फागुन। गत पुस १० मा सत्ता साझेदारीका लागि काँध जोडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरालोको संज्ञा दिएका छन्।

शुक्रबार दाहालले ८ दलीय समीकरण बनाउँदै राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई समर्थन गरेलगत्तै उनले ‘ठूलो कचौरामा दूध र भात दिएमा बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन’ भनेका छन्।

आज काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने ‘हामीले ८० सिट हुँदा पनि पदको लोभ गरेनौँ, तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरे।’

अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको भन्न समेत भ्याए। उनले आफूले चीनसँग सहकार्य गरेकोमा भारत रिसाएको संकेत गरे। ‘उत्तरतिर बाटो थिएन मैले बाटो बनाएँ,’ उनले भने, ‘सीमा मिचिएको थियो कोही बोल्न सकेको थिएन। म बोलेँ, नक्सा बनाएँ र त्यसलाई संविधानको अंश पनि बनाइदिएँ।’

ट्रेन्डिङ ( साप्ताहिक )