Logo
२२ मंसीर २०८२, सोमबार

पल शाहलाई उच्च अदालत पोखराबाट सफाइ, भोलि रिहा

अक्षरपाटी
२०७९ फागुन १४ , आईतबार ०७:०२ मा प्रकाशित

काठमाडौं १४ फागुन। बाल यौन दुरुपयोगको मुद्दामा करिब एक वर्षदेखि सजाय काटिरहेका अभिनेता पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ।

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

उच्च अदालत पोखराबाट पूर्ण सफाइ पाएका शाह भोलि रिहा हुने भएका हुन्।