Logo
२७ असार २०८२, शुक्रबार

राष्ट्रिय स्वातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने

अक्षरपाटी
२०७९ फागुन १५ , सोमबार ०२:०२ मा प्रकाशित

काठमाडौं १५ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने बारे कुनै निर्णय गरेको छैन।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले कुनै निर्णय नगरेको पार्टीका एक केन्द्रीय सदस्यले बताए।

उनका अनुसार अर्को निर्णय नहुँदासम्म सरकारलाई दिएको समर्थन कायम रहने छ। रास्वपाले गत २२ माघमा सरकारबाट बाहिरिने निर्णय गरे पनि समर्थन भने कायम राखेको थियो।

१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए।

राष्ट्रपति चुनावमा दाहालले कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएका छन्।

रास्वपा