Logo
२५ चैत्र २०८१, मंगलबार

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

अक्षरपाटी
२०७९ फागुन १७ , बुधबार ०७:०३ मा प्रकाशित

काठमाडौं १७ फागुन। गत निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा मनाङबाट सांसाद निर्वाचित टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

पूर्वमन्त्री गुरुङसहित तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने पनि दोषी ठहर भएका छन् ।

१४ जनाविरुद्ध दायर मुद्दामा विशेष अदालतले  नौ जनालाई दोषी ठहर गरेको हो।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडा प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध १२ माघ २०७५ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने २५ फागुनमा पेशी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

मुद्दा विचाराधीन रहेकैबेला मनाङबाट गुरुङ सांसद निर्वाचित भए पनि  भ्रष्टाचार मुद्दाका आरोपितहरु निर्वाचित भए पनि स्वतः निलम्बित हुने कानूनी व्यवस्था छ ।

टेकबहादुर गुरुङ