Logo
३० वैशाख २०८२, मंगलबार

बुद्ध एयरलाइन्सले पोखरा–भद्रपुर उडान गर्ने

अक्षरपाटी
२०७९ फागुन १७ , बुधबार ०५:०३ मा प्रकाशित

पोखरा १७ फागुन। पर्यटकीय नगरी पोखरा अब हवाई उडानमार्फत पूर्वी गन्तव्य जोडिने भएको छ।

निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा उडान गर्न लागेको हो।

बुद्ध एयरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमै रहनेछन्।

ती विमानले बिहान चार स्थानमा उडान भर्ने बुद्ध एयरले जनाएको छ। हाल काठमाडौं, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेको छ भने अब पोखराबाट बिहान ६ः१५ मा भद्रपुरका लागि पनि उडान सेवा सुरु हुनेछ।

भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ। हवाइ उडान दूरी एक घण्टा १० मिनेटको हुने बताइएको छ।