Logo
१३ असार २०८३, शनिबार

राष्ट्रपति पदका उम्मेदवार नेम्वाङ मत माग्न रास्वपाको कार्यालयमा

अक्षरपाटी
२०७९ फागुन १८ , बिहीबार ०२:०३ मा प्रकाशित

काठमाडौं १८ फागुन। नेकपा एमालेका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ आफूलाई मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन्।

आज दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही पुगेका उनले आफूलाई मत दिन आग्रह गरे। एमालेका नेताहरुसहित पुगेका नेम्वाङले रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुसँग भेटेर राष्ट्रपतिमा मत दिन अपिल गरेका हुन्।

नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन्।

राष्ट्रपति निर्वाचन फागुन २५ गते मतदान हुँदैछ। राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )