Logo
२५ भदौ २०८२, बुधबार

लघुवित्तले ज्यादती गरेको भन्दै संगठित हुँदै ऋणीहरु

अक्षरपाटी
२०७९ फागुन १९ , शुक्रबार ०९:०३ मा प्रकाशित

बारा १९ फागुन। धेरै लघुवित्तले एकै व्यक्तिलाई चर्को ब्याजदरमा ऋण दिएर अप्ठेरोमा पारेको भन्दै बाराका ऋणीहरु विरोधमा उत्रिएका छन्।

लघुवित्तको ऋणले घरबार नै उजाडिन थालेको भन्दै बारा जिल्लाका ऋणीहरु एक ठाउँमा आएका हुन्। उनीहरुले लघुवित्त संस्थाबिरुद्ध नाराबाजी गरेका छन्।

समूह बनाएर एउटै मानिसलाई १४, १५ वटासम्म लघुवित्तले ऋण प्रदान गरेर तिर्नै नसक्ने अवस्थामा पुर्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

ऋण असुली गर्न घर घरमै आएर लघुवित्तका कर्मचारीले धम्की दिएको विरोधमा आफूहरु आन्दोलित भएको पीडितहरुको भनाइ छ।

पटक पटक किस्ता तिर्दा पनि सावा रकम घटेको कहिल्यै नदेखाएर एक लाखको पाँच लाख तिर्दा पनि ऋणी नै हुनुपरेको पीडा पीडितहरुले पोखेका छन्।

बैंक तथा वित्तिय संस्थाको ऋणका विरुद्ध नेता दुर्गा प्रसाईँले देशभरी अभियान चलाईरहेका बेला जिल्ला जिल्लामा ऋणीहरु विरोधमा उत्रन लागेका हुन्।