Logo
१५ पुस २०८१, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै, माओवादी र नागरिक उन्मुक्ति मत नदिने अडानमा

अक्षरपाटी
२०७९ फागुन २१ , आईतबार ०८:०३ मा प्रकाशित

धनगढी २१ फागुन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएअनुसार आजका लागि प्रदेशसभा बैठ बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

आज दिउसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता साझेदार प्रमुख घटक माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको बैठकले भने यथास्थतिमा मत दिन नसक्ने बताइसकेको छ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि दलिय लिखित सहमतिबेगर बिश्वासको मत नदिने भनेकी छन्।

माओवादी केन्द्रले पनि सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति नभएसम्म मत नदिने अडान लिएको छ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमालेका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बनेको सरकार ढलेको थियो।

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए।

कमलबहादुर शाह सुदूरपश्चिम प्रदेश सरकार