Logo
२७ पुस २०८१, शनिबार

माओवादी केन्द्र र नाउपाले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

अक्षरपाटी
२०७९ फागुन २१ , आईतबार ०१:०३ मा प्रकाशित

धनगढी २१ फागुन। शनिबार सामाजिक सञ्जालमा लेख्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता चौधरीले लिखित रुपमा दलीय सहमति नभएसम्म सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने बताइन्।

त्यसलगत्तै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पनि आलोपालो सरकारको नेतृत्व र मन्त्रालय भागबन्डामा प्याकेजमा सहमति नभएसम्म मत नदिने निर्णय गर्यो।

तर दुबै पार्टीको अडान र निर्ण अहिले आएर उल्टिएको छ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने भएको छ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदैछन्।