



धनगढी २३ फागुन। पहाडी जिल्लामा सोमबार मनाइए पनि तराईका जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ।
बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, जनकपुरलगायतका जिल्लामा आज धुमधामका साथ होली पर्व मनाइँदैछ।
एक आपसमा रङ्ग, अबीर लगाएर नाचगान गर्दै जोगिरा गाएर होलीलाई विशेष रुपमा मनाउने प्रचलन छ।
पहाड घरभई तराईँमा बस्दै आएकाहरूले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै आज होली पर्व मनाउँदै छन्।
होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।



