Logo
१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा रिट दर्ता, २५ गतेलाई तोकियो पेसी

अक्षरपाटी
२०७९ फागुन २३ , मंगलबार ०२:०३ मा प्रकाशित

काठमाडौं २३ फागुन। १० वर्ष लामो द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । साही अभिव्यक्तिसहितलाई लिएर रिट दर्ता भएको हो

रिट दर्ता भएपछि सर्वोच्च अदालतले बुधबार लाई पेसीसमेत तोकेको छ। उक्त रिटलाई लिएर मंगलबार बिहानै तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरूको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो।

अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा हालेका थिए।

ट्रेन्डिङ ( साप्ताहिक )