काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने भएको छ।
आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मतदान नगर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने बताए। उनले सञ्चारकर्मीसँग बोल्दै भने,‘निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने बैठकले निर्णय गरेको छ।’
बिहीबार विहान १० देखि ३ बजेसम्म हुने निर्वाचनमा नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।