Logo
२१ मंसीर २०८२, आईतबार

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

अक्षरपाटी
२०७९ फागुन २५ , बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं २५ फागुन। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटको आज प्रारम्भिक सुनवाइ हुनेभएको छ।

दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ। रिटको इजलास चौथो क्रममा छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको हो।

प्रधानमन्त्री दाहालले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले १० वर्षे युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए। सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले व्यक्तिहत्या सम्बन्धि मुद्दा दायर गरेका हुन।