काठमाडौं । नेपालको राष्ट्रपतिमा चौथो कार्यकाल र तेस्रो व्यक्तिका लागि मतदान भइरहेको छ।
संसद भवन नयाँवानेश्वरमा मतदान सुरु भएको हो। अहिलेसम्म सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मतदान गरिसकेका छन्।
अहिले मतदान कार्य जारी छ । निर्वाचन आयोगका अनुसार आजै संसद भवनमै मतगणना सुरु हुनेछ। आजै बेलुकी ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ।
मुलुक संघीयतामा गएयता पहिलो राष्ट्रपतिका रुपमा डा रामवरण यादव चुनिएका थिए। त्यपछि विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपतिको जिम्मेवारीमा रहिन् भने यो चौथो कार्यकालका लागि निर्वाचन भइरहेको हो।