काठमाडौं २५ फागुन। काठमाडौंको त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको विमान भैरहवाका लागि उड्यो। जहाज धादिङको थाक्रेमाथिको आकाशमा पुगिसकेको जहाजको इञ्जिनमा अचानक आगो देखियो।
उडान नम्बर ८२१ को जहाजको इञ्जिनमा आगो देखिएको पाइलटले टावरलाई खबर गरेपछि विमान त्रिभुवन विमानस्थलमै फर्काइएको थियो।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगो लागेको देखिएपछि विमान फर्काइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विमानलाई आकस्मिक अवतरण गराउन दमकल, एम्बुलेन्सलगायतलाई तयारी अवस्थामा राखिएको थियो। विमान आकस्मिक अवतरण गराइएको र वमिानमा रहेका यात्रुसहित ७८ जना सकुशल अवतरण गरेका थिए।