Logo
२ माघ २०८१, बुधबार

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

अक्षरपाटी
२०७९ फागुन २६ , शुक्रबार ११:०३ मा प्रकाशित

काठमाडौं २६ फागुन। बिहीबार निर्वाचित भएका राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भलाकुसारी भएको छ।

पौडेलको निजी निवास बोहराटार पुगेका सभामुख घिमिरेसँग नवनिर्वाचित राष्ट्रपतिको भेटवार्ता भएको हो। सो क्रममा राष्ट्रपति पौडेललाई सभामुख घिमिरेले बधाइ दिनुका साथै सफल कार्यकालको कामना गरे।

सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४६ औं सम्मेलनमा भाग लिन बहराइन जान लागेको जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले भ्रमण सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल जापानमैत्री संसदीय लिग स्थापना गरेको स्मरण गरे।