काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ सकिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भरखरै प्रारम्भिक बहस सकिएको र फैसला आजै आउने सम्भावना रहेको बताइएको छ।
रिट निवेदकको तर्फबाट सुनुवाइमा अधिवक्ताहरु बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, डा सुरेन्द्र भण्डारी, अनन्तराज लुइटेल, धु्रवलाल श्रेष्ठ शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्यायले बहस गरेका थिए।
माघेसंक्रान्ति पर्वका अवसरमा २०७६ माघ १ गते दाहालले काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिनसक्ने बताएका थिए।
सोही अभिव्यक्तिलाई आधार बनाएर व्यक्ति हत्यामा छानबिन गरि कारबाही गर्नुपर्ने मागसहित ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।