काठमाडौं । बढुवा सिफारिस समितिले नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।
समितिको आज बसेको बैठकले सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन्। दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन्।
समितिका सदस्यसचिव रहेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सिफारिस सूची सार्वजनिक गरेका छन्। तेस्रो नम्बरमा रहेका डीआईजी अशोक सिंहले उमेर विवादका कारण फागुन १० मा राजीनामा दिएकाले थापा, ज्ञवाली र बज्राचार्यको नाम एक एक स्थान माथि सिफारिस भएको हो।
समितिको सिफारिसमा मन्त्रिपरिषदले बढुवाको निर्णय गर्नेछ। सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।
एआईजीमा बढुवा हुने यी ५ मध्ये एक जनाले चैत १२ देखि प्रहरीको नेतृत्व सम्हाल्नेछन्।
प्रहारी महानिरीक्षक सिंहले ३० वर्षे उमेर हदका कारण चैत ११ मा अवकाश पाउँदैछन्। उनका ब्याची अरु एआईजीले पनि त्यहि दिन अवकाश पाउने भएकाले बढुवाका लागि सिफारिस भएका ५ मध्ये एक जनाले प्रहरीको नेतृत्व पाउने भएका हुन्।