Logo
१६ असार २०८३, मंगलबार

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

अक्षरपाटी
२०७९ फागुन २९ , सोमबार ०४:०३ मा प्रकाशित

काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासबाट बिदाइ भएकी छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरेका हुन। निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए।

राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कात्तिकमा र दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते निर्वाचित भएकी थिइन्।

ट्रेन्डिङ ( साप्ताहिक )