Logo
२३ वैशाख २०८१, आईतबार

उच्च अंकले ओरालो लाग्यो नेप्से परिसूचक

अक्षरपाटी
२०७९ असोज ४ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार आठ ३७ दशमलव ६० अंकमा ओर्लेको छ। ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक सात अंकले ओरालो लागेर तीन सय ५८ दशमलब ८७ मा सीमित भएको छ ।

कूल दुई सय ३१ कम्पनीको ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता शेयर एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ मूल्यमा खरिद बिक्री भयो। नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आयो।

कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ बराबरको कारोबार भयो । रिडी हाइड्रो पावर पाँच करोड ३५ लाख १३ हजार सात सय ४९, नवील बैंक चार करोड ७३ लाख ६५ हजार एक सय ८०, अरुण काबेली पावर तीन करोड २६ लाख दुई हजार सात सय ५८ र अपि पावर कम्पनी तीन करोड चार लाख ३७ हजार पाँच सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन् । यस्तै कालिका पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ।

बरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन्।