Logo
१५ वैशाख २०८१, शनिबार

राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपतिको सम्मान

अक्षरपाटी
२०७९ चैत्र ३ , शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडौं ३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई शीतल निवासमै बोलाएर सम्मान गरेका छन्।

आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले टोलीका सदस्यलाई सम्मान गरेका हुन् ।

युएईलाई हराएर विश्वकप छनोटमा स्थान बनाइ राष्ट्रको इज्जत र गौरव बढाएको भन्दै उनले खुसी व्यक्त गरे।

नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको राष्ट्रपति पौडेलको भनाइ थियो।

उनले खेलकुद क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुने बताए। खेल क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘यस्तो अवस्थामा पनि प्राप्त सफलता सह्रानीय छ।’

कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले लिग २ को प्रदर्शनबाट नेपाल एक तह माथि पुगेको बताए।

उनले संघको प्रयासले मात्र क्रिकेटको विकास सम्भव नहुने उल्लेख गर्दै राज्यले नै प्राथमिकतामा राख्नुपर्ने बताए।