Logo
१९ वैशाख २०८१, बुधबार

कोसीका मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०४:०३ मा प्रकाशित

ओखलढंगा ६ चैत। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोडको प्रयास भएको छ।

प्रदेशको नाम कोसी राखिएको विरोधमा उत्रिएका आन्दोलनकारीले ओखलढुंगामा उनको गाडी तोडफोडको प्रयास गरेका हुन्।

आदिबासी जनजाती महासंघ समन्वय परिषदको नेतृत्वमा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै गाडी तोडफोडको प्रयास भएको हो।

सदरमुकाम ओखलढुंगाबाट तलुवातर्फ गइरहेका बेला आन्दोलनकारीले गोरुमारेभञ्ज्याङ चोकमा सुरक्षाकर्मीको घेरा नाघेर गाडीको लुकिङ ग्लास र राष्ट्रिय झण्डा निकालिदिएका हुन।

गाडी तोडफोड गरिरहेका आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबीच केहीबेर तनाव भएको थियो।

मुख्यमन्त्री कार्की ओखलढुंगा आएपछि नेपाल आदिबासी जनजाती महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ लगायतले बिरोध गर्दै बिहान ११ बजेदेखि गोरुमारे भञ्ज्याङमा टायर बालेर चक्का जाम गरेर बसेका थिए।

उनीहरुले प्रदेशको नाम कोसी खारेज गर्दै पहिचानको आधारमा किरात राख्नुपर्ने मागमा गरेका थिए।

कोसी प्रदेश