Logo
२९ वैशाख २०८२, सोमबार

दिउँसो राष्ट्रियसभाको बैठक

अक्षरपाटी
२०७९ चैत्र ८ , बुधबार ०९:०३ मा प्रकाशित

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको छ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७९।०८० सभासमक्ष प्रस्तुत गर्ने कार्यतालिका छ।

भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।