Logo
२६ पुस २०८१, शुक्रबार

पुरानो संसद भवनलाई दुरुस्त बनाउन संसदीय समितिको निर्देशन

अक्षरपाटी
२०७९ चैत्र ९ , बिहीबार ०६:०३ मा प्रकाशित

काठमाडौं। सिंहदरबारमा रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पुरानो संसद भवनलाई रेट्रोफिट गर्न सरकारलाई निर्देशन दिएको हो।

२०१६ सालमा बनेको सो संसद भवन २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो। समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए।

समितिले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरुलाई परिमार्जन गर्न पनि निर्देशन दिएको छ।

आजपनि परिमार्जित गर्न सकिने विषयहरुलाई परिमार्जित गर्नका निमित्त फेरि पनि निर्देशन दिएको हो।

बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरुले पुस्तकालय लगायत संघीय संसदका भवनहरु समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।