Logo
१६ वैशाख २०८१, आईतबार

पहिले पाएकै मन्त्रालय पाए मात्र सरकारमा जाने रास्वपाको शर्त

अक्षरपाटी
२०७९ चैत्र १२ , आईतबार १२:०३ मा प्रकाशित

काठमाडौं । मन्त्रालय भागबन्डा पेचिलो भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले पाएकै मन्त्रालय पाए मात्र सरकारमा जाने अडान लिएको छ।

यसअघि सरकारमा जाँदा रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पाएको थियो। रास्वपाको भागमा त्यसबेला स्वास्थ्य राज्यमन्त्री पनि परेको थियो।

दोस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको रास्वपाले फेरि पनि तीनै मन्त्रालय पाएमात्र सरकारमा सहभागी हुने शर्त अघि सारेको हो।

‘यदि पहिले पाएका मन्त्रालयमा कुनै तलमाथि हुन्छ भने हामी सरकारमा जान सक्दैनौँ’, रास्वपाको भनाइ छ।

पहिलेदेखि नै गृह अन्य पार्टीलाई दिन आनाकानी गरेका प्रधानमन्त्री दाहालले भने गृहमन्त्रालय नारायणकाजी श्रेष्ठलाई दिने करिब पक्का गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी